२०८२ मंसिर २४ | Dec 10, 2025

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक २ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ७
|
663 views

ललितपुर । आज आइतबार अर्थात् साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेर बन्द भएको छ।

विहीबार अर्थात् अघिल्लो कारोबार दिन ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको नेप्से, आज भने सोही सेसनमा २.०५ अंक बढेर २५६२.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ५२ स्टकको ११८ पटकको कारोबारमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ ४० पैसाबराबरको ५० हजार ९११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया