२०८२ मंसिर २४ | Dec 10, 2025

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिव ६ अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १०
|
765 views

ललितपुर । आज (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिव ६ अंकको हाराहारिमा बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबारको दिन ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा ५.७१ अंक बढेर २६६१.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ६६ स्टकको १३० पटकको कारोबारमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ७६८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया