२०८२ फाल्गुन ५ | Feb 17, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचकमा २ अंकको वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११
|
357 views

ललितपुर । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेर बन्द भएको छ।

गत साताको अन्तिम कारोबारको दिन बिहीबार ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा बन्द भएको नेप्से, यो साताको पहिलो दिन अर्थात् आइतबार सोही सेसनमा २.२७ अंक बढेर २९८४.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा ८८ स्टकको २०८ पटकको कारोबारमा १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँ ७० पैसाबराबरको २२ हजार २३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४५ स्टकको मूल्य बढेको छ भने ३९ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया