
ललितपुर । गरिव तथा विपन्न समुदायमा काम गर्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खनार सुनसरीले शुक्रबार अर्थात् असार २० गते बेरोजगार गरीव समुदायका १० जनालाई सिटी सफारी बितरण गरेको छ ।
लघुवित्तले ज्यालामजदुरी गरी हातमुख जोनपर्ने, दैनिक काम नपाइने, एकजनाको कमाइमा परिवार आश्रित हुनुपर्ने जस्ता आर्थिक रुपमा एकदमै कमजोर युवाहरुलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी रु. २,६५,०००को सफारी दिएको हो ।
उक्त सफारी हस्तान्तरण एक कार्यक्रमका बीचमा फरवार्ड माइक्रोफाइनान्स लघुसिवत्त वित्तीय संस्था लि. ले श्री गणपति पि.जी. एण्ड सप्लायर्स कम्पनी बिराटनगरसँग खरिद गरी उनीहरुलाई तालिम समेत प्रदान गरी हस्तान्तरण गरिएको थियो ।
सफारी बितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि. का कर्जा बिभाग प्रमुख बचन कुमार चौधरी, शाखा कार्यालय खनारका शाखा प्रमुख सिमला कुमारी चौधरीबाट संयुक्त रुपमा ग्राहकहरुलाई हस्तान्रण गरेका थिए ।
यस कार्यले बेरोजगारीहरुलाई स्वरोजगार बनाउनुका साथै विपन्न परिवारलाई दैनिक चलाउने समेत सहज हुने संस्थाले जनाएको छ । यस संस्थाले प्रबिन चौधरी, कारी लाल चौधरी, खातुन बेगम, धनिद्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजाद लगायतका बेरोजगार, गरिवी तथा विपन्न समुदायका मानिसलाई हस्तान्तरण गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया