Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा एक हजार २०० रुपैयाँका दरले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार तोलामा २ हजार ४०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि १ हजार २०० रुपैयाँले बढेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १४५ रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया