काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। विहीबार सुन तोलामा २०० रुपैयाँका दरले बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार अर्थात् वैशाख ९ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य हिजो उच्च दरमा घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी, विहीबार २ हजार १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।