२०८२ कार्तिक २३ | Nov 09, 2025

फोहरमैला घर–कम्पाउण्डमै राख्न काठमाडौं महानगरको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १४
|
1.8k views

ललितपुर । काठमाडौं महानगरपालिकाले फोहरमैला घर–कम्पाउण्डमै राख्न महानगरवासीलाई अनुरोध गरेको छ।

काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घर बाहिर ननिकाल्न महानगरले अनुरोध गरेको हो।

महानगरको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै भनेको छ, ʻकाठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।ʼ

फेसबुकबाट तपाईको प्रतिक्रिया