२०८२ असार २६

ललितपुर । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट थप ९० अर्ब उठाउने भएको छ । बोलकबोल माध्यमबाट बजारबाट पैसा उठाउन लागेको हो । पछिल्ला केही समयदेखि बैंकिङ प्रणालीमा नगद प्रवाह भएर अधिक तरलता बढ्न थालेपछि राष्ट्र बैंकले उक्त रमक बरावरको निक्षेप बजारबाट उठाउँदै आएको छ ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बुधबार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया मार्फत् ३५ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया