ललितपुर । आर्थिक वर्ष २०८३/२०८२ बजेट मार्फत् सरकारले कर्मचारीको तलव वृद्धि गर्ने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार यस वर्षको बजेटले कर्मचारीको तलव १० प्रतिशतले बढाइने गरी बजेटको ड्राफ्ट तयार भएको छ ।
बजेट मार्फत् सरकारले तलव वृद्धि गर्ने र महँगी भत्तालाई समेत निरन्तरता दिने भएको छ । यसबाट निजामती, सुरक्षाकर्मी, शिक्षक लगायत करिव ५ लाखको हाराहारीमा बहालवाला कर्मचारी लाभान्वित हुने देखिएको छ । तलव वृद्धि भएसँगै अवकाशप्राप्त कर्मचारी समेत लाभान्वित हुने देखिएको छ । उनीहरुको खाइपाइ आएको पेन्सन रकममा पनि वृद्धि हुन जान्छ ।
कर्मचारीको तलव सामान्यतया २/३ वर्षमा बढ्ने गरेको छ । पछिल्लोपट आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशतका दरले कर्मचारीको तलव वृद्धि गरेका थिए । यसपटक भने १० प्रतिशतका दरले बढाइन लागेको हो ।
तलव बढेसँगै घरभाडादेखि लिएर हरेक दैनिक उपभोग्य समान महँगो हुने हो कि भन्ने त्रास आम जनमानसमा देखिन थालेको छ ।