ललितपुर । बुधबार तोलामा ५ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । विहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलाको ३५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार विहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी बुधबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।