
ललितपुर । अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकलाई छलफल मार्फत् चाँडो टुङ्ग्याउन संसदीय समितिलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिलाई बाफिया संशोधन गर्ने विधेयक माथिको छलफल जतिसक्दो चाँडो टुंगो लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेडेल आग्रह गरेका हुन् ।
उनले. भने, “यो विधेयक छिटोभन्दा छिटो टुंगोमा पु¥याऔं । छलफल नै नगरी टुंगोमा पु¥याउन हामीले भनेका होइनौं, पर्याप्त मात्रामा छलफल गरौं र टुंगो लगाऔँ । “समिति अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट के विषय जान्न चाहन्छ ? कुन विषयको सूचना चाहिएको छ ? अर्थतन्त्र, बैंकिङ क्षेत्रको विषयमा सरकार सम्पूर्ण जानकारी दिन तयार छ”, उनले भने ।
यो बाफिया संशोधन गर्ने विधेयक सरकारले गत २०८० चैत ५ गते नै संसदमा दर्ता गराएको थियो । तर वित्रेयक एक वर्षदेखि अर्थ समितिमा विचारधीन अवस्थामै छ । समितिले विधेयक पुनर्लेखन गर्न चाहेकोमा भने अन्त्रमन्त्रालयले स्वीकृति दिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया