ललितपुर । बागमती प्रदेशको औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी बढेर १२ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष भन्दा आर्थिक बर्ष २०८१/८२ मा वागमति प्रदेशका औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३.८ प्रतिशतले बढेको हो ।
गत वर्ष १० खर्ब ६३ अर्ब ९४ करोड रुपैया भएको कर्जा लगान आर्थिक वर्ष २०८१/८२ मा बढेर १२ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष भने गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भएको थियो ।
बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ (९२.४ प्रतिशत) कर्जा लगानी रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड (०.०१ प्रतिशत) कर्जा लगानी रहेको राष्ट्र बेंकले जनाएको छ ।
औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान गरिन्छ । कुल औद्योगिक कर्जामा विद्युत्, ग्याँस तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५.० प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशतले र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया