अमेरिका । अमेरिका बस्ने बाग्लुङ्गबासी नेपालीहरूको संस्था बाग्लुङ्ग सेवा समाज २०२५/२०२७ को कार्यसमितिले अमेरिकाका विभिन्न राज्यमा बस्ने सम्पूर्ण बाग्लुंगेहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै उत्साह वर्धक रूपमा आफ्नो कामको थालनी गरेको छ। गत मार्च महिनामा सम्पन्न भएको अधिवेशनबाट बाग्लुङ्ग कुंडुलेबाट आज भन्दा २६ वर्ष अगाडि अमेरिकाको ब्रानफोर्ड,कनेक्टिकटमा रहँदै आएका महेन्द्र बहुमुखी क्याम्पसका पूर्व स.प्राध्यापक गौरीश्वर शर्मा आचार्यको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरिएको थियो।
बाग्लुङ्ग सेवा समाज ,अमेरिकाको स्थापना २०१५ मा न्यु योर्क शहरमा मा भएको हो । विगत १० वर्ष देखि नै विभिन्न सामाजिक गतिविधि गर्दै बाग्लुङ्गबासीहरुको सहयोगमा समर्पित बाग्लुङ्ग सेवा समाजले गत मार्चको अधिवेशनबाट नयाँ कार्यसमितिको निर्माण भए पश्चात् आफ्नो सक्रियता बढाउँदै लागेको छ। त्यस क्रममा गत महिना सम्पन्न कार्य समितिको तेस्रो बैठकले विभिन्न उपसमितिहरू गठन गर्दै आफ्नो सक्रियताको क्षेत्रलाई बिस्तार गरेको छ। संस्थाका महासचिव खिबराज शर्माका अनुसार समाजका अग्रणीहरू मध्येबाट सल्लाहकार समितिमा १९ जना, अनररी काउन्सिलमा ३ जना र प्याट्रोन काउन्सिलमा ५ जना व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ। त्यस्तै कला तथा सांस्कृतिक, युवा तथा खेलकुद, सूचना तथा सञ्चार, सङ्गठन बिस्तार, सामाजिक सञ्जाल र वेबसाइट, स्वास्थ्य तथा जनचेतना उपसमिति गरी ६ वटा उपसमितिहरूको पनि गठन गरिएको छ।
कार्य समितिको बैठकले एन् आर एन नर्थ क्यारोलाइनाका पूर्व सभापति,सफल व्यवसायी तथा प्रतिष्ठित समाज सेवी कुलानन्द शर्मालाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ । उनको संयोजकत्वमा गठित सल्लाहकार समितिका सदस्यहरूमा डा. हेमराज रेग्मी(Ct), सागर कँडेल( VA),मुक्तिनाथ पन्त(VA),नारायण काउचा मगर(VA)निर थापा(MD)धीरेन्द्र पराजुली(MD),राजन ढकाल(MD), अनुसूया वन्त श्रेष्ठ(MD)प्रकाश श्रेष्ठ(MD)किशोर कुमार राजभण्डारी(MA)भीम कार्की(TX)नरेन्द्र आचार्य(TX)नारायण कँडेल(Tx)मकर बज्राचार्य (TX) होम बहादुर थापा(GA) रणबहादुर थापा(NJ)कल्याण श्रेष्ठ(NJ),पशुपति कँडेल (CA)र खिम भट्टराई(NY) छन् । त्यस्तै अनररी काउन्सिलमा गङ्गा बहादुर जिसी(PA)डा. प्रेमप्रसाद शर्मा (VA)र केशव शर्मा (GA) छन् । यसका साथै संस्थाको सर्वोच्च निकायका रूपमा कार्य गर्ने प्याट्रोन काउन्सिलमा संस्थामा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरू मध्येबाट भुमिस्वर सापकोटा, सकस जी सी , डा.गंगाधर आचार्य, मीन खड्का र विष्णु प्रसाद सुवेदी मनोनयन भएका छन् ।
समाजको कामलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न गठित उपसमितिहरूमा कला तथा सांस्कृतिक उपसमितिमा -संयोजक चमेली खाती परियार र सदस्यमा महिला संयोजक ख्यातिप्राप्त गायिका निशा सुनार, युवा तथा खेलकुद उप समितिमा -संयोजक भविन्द्र कुँवर , सदस्यहरूमा युवा संयोजक विकास जि सी र राजन कँडेल, सूचना तथा सञ्चारमा- संयोजक लेखनाथ गौतम, सदस्य मा – कृष् सुवेदी ,सावित्री (सवू ) सापकोटा र हिरा भट्टराई, सङ्गठन विस्तारमा-संयोजक एकादेव शर्मा र सदस्य -मेघनाथ पौडेल, सामाजिक सञ्जाल तथा वेबसाइटमा संयोजक -संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण जि सी, सदस्यहरूमा -महासचिव खिबराज शर्मा, कृष सुवेदी, विशाल न्युरे ,घनश्याम शर्मा, विजय पौडेल र स्वास्थ्य तथा जनचेतना उपसमितिमा- संयोजक शङ्कर पौडेल र डा. राजेन्द्र कँडेल सदस्य छन् । सम्बन्धित क्षेत्रमा विशेष ज्ञान भएका व्यक्तिहरूलाई थप गरी उपसमितिहरूलाई पूर्णता दिँदै उप समितिहरूले आ- आफ्ना विभागका कामहरूलाई सक्रियतापूर्वक सम्पन्न गर्दै जाने निर्णय गरिएको छ । विभिन्न राज्यमा स्थानीय स्तरमा च्याप्टरहरू गठन भई यी सबैलाई संयोजन गर्ने केन्द्रीय कार्य समितिले समन्वयात्मक भूमिका निर्वाह गर्ने परिकल्पनाका साथ संशोधन गरिएको नयाँ विधान बमोजिम गठन गरिएका समिति तथा उपसमितिहरूका गठन सँगै बाग्लुङ्ग सेवा समाजले पूर्णता लिँदै आफ्नो काम प्रारम्भ गरेको गरेको छ।
यस अघि नै बाग्लुङ्ग सेवा समाजले अमेरिकामा बस्ने बाग्लुङ्गबासीहरुको तथ्याङ्क सङ्कलन शुरु गरिसकेको छ। यसै गरी विगत सन् २०१६ मा स्थापित अन्तर्राष्ट्रिय बाग्लुंग समाजद्वारा बाग्लुंग बजारमा भव्यतापूर्वक हालै सम्पन्न भएको तेस्रो अधिवेशनमा प्रत्यक्ष र भर्चुअल गरी बाग्लुंग सेवा समाज अमेरिकाका तर्फबाट व्यापक सहभागिता जनाइएको थियो । बाग्लुंग बजारमा सम्पन्न उक्त अधिवेशनमा विभिन्न वक्ताहरूका साथ बाग्लुंग सेवा समाज अमेरिकाका नव निर्वाचित अध्यक्ष शर्मा आचार्यले भर्चुअल माध्यमबाट समाजको उद्धेस्य र गन्तव्य बारे प्रकाश बारे प्रकाश पारेका थिए ।
बेल्जियम निवासी गङ्गा प्रसाद शर्माको अध्यक्षतामा गठित अन्तर्राष्ट्रिय बाग्लुंग समाजको नव निर्वाचित कार्य समितिमा अमेरिकाका तर्फबाट उपसभापति,क्षेत्रीय संयोजक र ७ जना कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । साथै अन्तर्राष्ट्रिय सल्लाहकारमा भूमिश्वर सापकोटा,निवर्तमान अध्यक्ष सकस जि सी, डा. गंगाधर आचार्य,विपिन श्रेष्ठ,अनुसूया वन्त श्रेष्ठ र विष्णु सुवेदी छन् । दैवी विपत्ति लगायतका परि आउने मानवीय सेवा कार्यका लागि सङ्गठित यस बाग्लुंग सेवा समाजले स्वदेश तथा परदेशमा रहनु हुने सम्पूर्ण बाग्लुंगेहरूका द:ख-सुखमा साथ दिन र सम्पूर्ण मानव जगतका लागि सक्दो मानवीय सेवा कार्य गर्न एकताको सूत्रमा आबद्ध भई समाजका क्रियाकलापहरूमा सक्रिय रहन र समाजले अगाडि बढाउने सम्पूर्ण रचनात्मक कार्यक्रमहरूमा सक्दो योगदान पुर्याउन सम्बद्ध सम्पूर्ण अमेरिका निवासी बाग्लुंगेहरूमा नवनिर्वाचित कार्यसमितिले हार्दिक आव्हान गरेको छ।






फेसबुकबाट तपाईको प्रतिक्रिया