Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

बाढीले दुम्किवासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

त्रिवेणी । आज विहान आएको बाढीले दुम्किवासमा ड्राइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

विहीबार बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्। बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको समेत उनले बताए ।

अहिले डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।
यसअघि २०८१ पुस महिनामा भारततर्फबाट आउने ओभरलोड गाडी गुड्दा अधिक भारका कारण पुल भाँचिएपछि पुल भत्किने जोखिमका कारण ओभरलोड गाडीहरु डाईभर्सनबाट गुड्ने गरेका थिए ।

यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया