२०८२ माघ ७ | Jan 21, 2026

बादल फाट्दा चारजनाको मृत्यु, रेलवे ट्रयाक र राजमार्गमा क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
306 views

ललितपुर । भारतको जम्मू कश्मीर क्षेत्रको कठुआमामा बादल फाट्दा चारजनाको मृत्यु भएको छ। भारतका केन्द्रीय राज्य मन्त्री डा. जितेन्द्र सिंहले बादल फाट्दा चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्।

जम्मू काश्मीरमा बादल फाट्दा रेलवे ट्रयाक र राष्ट्रिय राजमार्गमा पनि क्षति पुगेको छ । यस खबर डा. सिंहले सामाजिक सञ्जाल एक्स मार्फत् सम्प्रेषण गरेका छन् । सञ्जालमा उनले लेखेका छन्, जंगलोट क्षेत्रमा बादल फुटेर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ। यसले रेलवे ट्र्याक र राष्ट्रिय राजमार्गमा पनि क्षति पुर्‍याएको छ।
उनले एक्स मार्फत् घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदन व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया