काठमाडौँ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको २७ औँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा अध्यक्षमा प्रा.डा. बिजयप्रसाद मिश्र विजयी हुनुभएको छ । फराकिलो मतान्तरले प्रा.डा. बिजयप्रसाद मिश्रको प्यानल नै विजयी भएको छ । चैत २३ मा सम्पन्न निर्वाचनमा बारको २७ औँ केन्द्रीय कार्यसमितिमा मिश्रको प्यानल निर्वाचित भएको हो ।
अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत ल्याउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।
यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ ।
केही बेरमै निर्वाचन समितिले एक औपचारिक कार्यक्रम गरी विजयी घोषणा गर्दैछ ।