२०८२ मंसिर २४ | Dec 10, 2025

बारा जिल्ला प्रशासनले सिमारामा लगायो कर्फ्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ३
|
714 views

ललितपुर । महेश वस्नेत जोडिएर बारामा विवाद चर्किएपछि बारा जिल्ला प्रशासनले सिमरामा कर्फ्यु आदेश जारी गरेको छ । नेकपापा एमालेका नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन मंगलबार बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विहानैदेखि विरोध गरेका थिए ।
एमाले नेता सिमरा विमानस्थल पुग्नु अगावै त्यहाँका उपस्थित जेनजी समूहका युवाहरूले विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा प्रहरी र जेनजीबीच झडप हुन पुग्यो ।

आक्रोशित जेनजी युवाहरुले सिमारा विमानस्थलको पर्खाल तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन बारा जिल्ला प्रशासन कार्यालय मंगलबार मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको हो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया