बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौँ, फागुन २८ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमाबार्सिलोना क्वार्टरफानलमा प्रवेश गरेको छ । एफसी बार्सिलोनाले एसएल बेन्फिकालाई ३–१ ले पराजित गर्दै समग्रमा ४–१ को जित हासिल गरी क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

खेलको ११औं मिनेटमा १७ वर्षीय लामिन यामालले उत्कृष्ट ड्रिबलिङ गर्दै राफिन्हालाई पास दिए, जसले सजिलै गोल गरे। तर, दुई मिनेटपछि नै निकोलस ओटामेन्डीले हेडरमार्फत बेन्फिकालाई बराबरीमा ल्याए। २७औं मिनेटमा लामिन यामालले बायाँ खुट्टाले २५ यार्ड टाढाबाट सुन्दर गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर, राफिन्हाले दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

यस जितसँगै, बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ र हाल ला लिगामा पनि शीर्ष स्थानमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया