ललितपुर । बित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लामो समयदेखि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङक प्रणालीबाट पैसा तानिरहेको छ।
वित्तीय प्रणालीमा अधिक तरलता जम्मा भएपछि राष्ट्र बैंकले यसरी बोलकबोलमाफत् निक्षेप खिच्न लागेको हो । राष्ट्र बैंकले आज पनि तरलता र ब्याजदर व्यवस्थापनका लागि फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो । वित्तीय प्रणालीको अधिक तरलता र व्याजदर व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट यसरी पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
१७५ दिने निक्षेप संकलन उपकरणको २०८३ वैशाख १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि कात्तिक १२ गते पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तानेको थियो ।















फेसबुकबाट तपाईको प्रतिक्रिया