विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिनुभएको छ। यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उहाँले ५३.७ प्रतिशत मत प्राप्त गरी विजय हुनुभएको थियो । विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व मन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबचि उहाँले सपथ ग्रहण गर्नुभएको हो । “म यो विश्वासको योग्य बन्न कुनै कसर बाँकी राख्ने छैन,” बियाले स्थानीय राजनीतिक व्यक्तित्वहरू उपस्थित भएको भेलालाई सम्बोधन गर्दै सपथ ग्रहण कार्यक्रमपछि भन्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देशले भोगिरहेको अवस्थाको गम्भीरता म पूर्ण रूपमा बुझ्छु। हामीले सामना गर्ने चुनौतीहरूको सङ्ख्या र गम्भीरता म बुझ्छु र निराशाको गहिराइ र अपेक्षाहरूको मात्रा म बुझ्छु।“ पूर्व बिया सहयोगीबाट विपक्षी व्यक्ति बनेका टिचिरोमाले परिवर्तनको लागि उत्सुक युवा मतदाताहरूमा अप्रत्याशित उत्साह जगाउनुभएको थियो र उहाँले मतदानबाट आफू वास्तविक विजेता आफू भएकोमा जोड दिनुभयो । उहाँले बुधबार सामाजिक सञ्जालमा लेख्नुभयो, “अब देशमा दुई राष्ट्रपतिहरू छन् । क्यामेरोनियाली जनताद्वारा निर्वाचित राष्ट्रपति (म) र संवैधानिक परिषद्द्वारा नियुक्त राष्ट्रपति (विया)।” उहाँले बारम्बार समर्थकहरूलाई घोषित नतिजाहरूको विरोध गर्न आग्रह गर्नुभएको छ। अक्टोबर २७ मा बियाको जितको घोषणा हुनुभन्दा ठीक अघि र पछि सुरक्षा बलहरूले विपक्षी जुलुसहरूलाई दबाउँदा धेरै मानिसहरूको मृत्यु भएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया