विराटनगर । नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ।
आज दिउँसो १ बजेको कार्यक्रमा सहभागिता जनाउन बिराटनगर पुगेका बस्नेताथि आक्रमरण प्रयास गरिएको हो । आइतबार इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन काठमाडौबाट श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले आक्रमण गर्ने हेर्तुले बेलुनको लोला हान्दै दुरव्यवहार गर्न खोजेका थिए।
भिडभाड गराउने र भिडलाई उत्तेजजित पार्ने प्रयासस्वरुप बेलुनको लोला हानिए पनि घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएका थिए । मोरङ प्रहरीका अनुसार अहिलेको अवस्था सामान्य रहेको छ। पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
विराटनगर विमानस्थलमा खटिएका सुरक्षाकर्मीका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति भने पुगेको छैन । घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षाव्यवस्था कडा बनाइएको छ।
पूर्वनिर्धारित कार्यक्रममा भाग लिन सुरक्षा घेराका बीच बस्नेत तोकिएको कार्यक्रमस्थल इटहरी पुगिसकेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया