बीओकेले इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत ब्याजदरमा किस्तामा उपलब्ध गराउने

काठमाडौं २८ भदौ २०७७।

बैंक अफ काठमाण्डू लिमिटेडले इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत ब्याज दरमा किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ।

चाडपर्व लक्षित किस्ताबन्दी स्किममा बैंकका क्रेडिट कार्ड बाहकहरुले भाग लिन पाउने छन्।

सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्तामा खरिद गर्न सकिने बैंकले जनाएको छ।

ग्राहकले टीभी, मोबाइल, म्युजिक सिस्टम, लुगाधुने मेसिन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिसवासर, स्टेलर, वाटर प्युरिफायर सिस्टम, चिम्नी र किचन एप्लाइन्स किस्तामा खरिद गर्न सक्नेछन्।

यो योजनाबाट किस्तामा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकलाई ब्याज लाग्ने छैन। किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंक र सीजी डिजिटल प्रालिबीच सम्झौता भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया