काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी प्रिमियम बटुलेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कम्पनीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिभर १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यो बीमाशुल्क संकलन गत आर्थिक् वर्षको सोही अवधिसम्मको तुलनामा १०.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ८ महिनासम्ममा बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जनगरेका थिए ।
समिक्षा अवधिसम्ममा सबैभन्दा बढी नेपाल लाइफले २९ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संक्लन गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा ११.७८ प्रतिशत बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म नेपाल लाइफले २६ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
त्यसैगरी नेशनल लाइफले १३ अर्ब ६२ करोड, एलआइसी नेपालले १२ अर्ब ५६ करोड, हिमालयन लाइफले ११ अर्ब २२ करोड, सुर्यज्योति लाइफले ६ अर्ब ६९ करोड, एशियन लाइफले ५ अर्ब ६९ करोड, सिटिजन लाइफले ४ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड, मेट लाइफले ३ अर्ब ८८ करोड, आइएमई लाइफले ३ अर्ब २८ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड र सन नेपाल लाइफले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा २०।६६ प्रतिशतले व्यवसाय बढाएको छ ।