Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

बुंगल हाइड्रो लिमिटेडले पायो आइपीओ निष्काशन गर्न अनुमति

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुंगल हाइड्रोलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले असार १५ गते बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई जारी पूँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

उक्त कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भने हिमालयन क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया