ललितपुर । देशका धेरै भूभागमा सुक्खा हुँदा गर्मी बढदै गएको छ ।आइतबार काठमाडौंको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
भोलिबाट हल्का वर्षा गराउने प्रणाली विकास भएर बुधबारबाट भने वर्षा हुने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।
बिहीबारदेखि केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको छ । जेठ १५ गते कोसी प्रदेशमा भित्रिएको मनसुन त्यसभन्दा अगाडि बढ्न सकेको छैन ।
आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
कोसी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।