Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

बैंकमा ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न गर्भनरले दिए निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडलेले जुनसुकै बैंकमा ऋया लिन आउने सबै ग्रहकलाई स–सम्मान व्यववहार गर्न निर्देशन दिएका छन् । उनले बैंकमा ऋण लिन आउनेहरुलाई राम्रो व्यवहार र ग्रामीण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।

सोमबार मधेश प्रदेशको जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसँग छलफल गर्दै गभर्नर डा. पौडेलले बैंकका ऋणी अर्थात् आफ्ना ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

उनी समक्ष धनुषाका केही व्यापारीहरुले विगतमा केही बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको र बैंकमा कम रकमको ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैंकहरुले बेवास्ता गर्ने गरेको गुनासो गरेपछि गर्भनर पौडेलले यसतर्फ गम्भीरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न, ग्रामीण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए छन् ।

जनकपुरधाममा सोमबार भएको छलफलका क्रममा मिटरब्याजका समस्या न्यूनीकरण गर्न सरकारले अपनाएका कदमहरु राम्रो भएपनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरुलाई विवाह भोज भतेरका लागि ऋण पाउन अझ गार्हो भएको निष्कर्ष निकालिएकोमा गभर्नर डा. पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।
त्यसैगरी बैंकमा ऋण लिन आउने ग्राहकको लागि गरिने व्यवहार र ऋण तिर्ने बेलामा कुनै पनि किसिमको ठगी गरिएको पाइएमा त्यस्ता बैंकलाई तुरुन्त कारवाही गरिने समेत बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया