बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष

काठमाडौं ।
नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।
२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आउनुभएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गर्नुभएका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएको थियो ।
अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याउनुभएको योगदान सम्मानयोग्य छ । उहाँको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ ।
यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहनुभयो । उहाँ पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त हुनुभएको थियो । त्यसपछि, उहाँ सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुदै आउनुभएको थियो । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन
अध्यक्षको पदावधि सकिएसँगै बैंकले नयाँ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो ।
२०७४ मंसिर १५ गतेदेखि उहा“ सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उहाँ पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उहाँ सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उहा“ यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो । जहाँ उहाँको संलग्नता स्थापनाकालदेखि नै थियो ।
सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उहाँ बैंकिङ करिअर सुरु गर्नुभएको थियो । त्यहा“ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उहाँ एनएमबी फाइनान्समा पुग्नुभएको थियो । एनएमबीमा उहाँले १७ वर्ष अनवरत सेवा गर्नुभयो ।
१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उहा“ले ३४ वर्षको बैंकिङ अनुभव बटुल्नुभएको छ । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उहाँको योगदानको उच्च कदर हुनेगर्छ ।
होटलबाट आºनो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गर्नुभयो । त्यही अनुभवका आधारमँ उहाँ हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उहाँको अनुभव छ ।
समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आउनुभएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष हुनुहुन्थ्यो । दशकौंको बैंकिङ अनुभव र दक्षताले उहाँलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उहाँको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको विज्ञप्तीमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया