२०८२ असार २६

ललितपुरं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरूको वर्गीकरणको विषयमा छलफल भइरहेको जानकारी गराएका छन् ।
बैठकमा गभर्नर पौडेलले वर्गीकरणको विषयमा पहिलाकोबाट अब नयाँ अप्रोजमा जाने कि भनेर गम्भीर रूपमा छलफल भइरहको बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा नै ‘क’ वर्गको बैंक भनेर वाणिज्य बैंकलाई परिभाषित गरिएको छ ।
त्यसैगरी ‘ख’ वर्गको बैंक भनेर विकास बैंक, ‘ग’ वर्गको बैंक भनेर फाइनान्स कम्पनी र ‘घ’ वर्गको बैंक भनेर माइक्रोफाइनान्सलाई परिभाषित गरिएको छ । त्यस्तै पूर्वाधार बैंक भनेर एउटालाई राष्ट्र बैंकले लाइसेन्स दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया