काठमाडौँ । केही दिनअघि संघीय संसदका दुवै सदनबाट पारित बैंकिङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् । ।