२०८२ मंसिर २० | Dec 06, 2025

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, बजारबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३१
|
306 views

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ बराबरको रकम तान्ने भएको छ । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ।

केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यसको साँवा तथा ब्याज भुक्तानी आगामी २१ जेठमा हुनेछ ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् । यसका लागि नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरेर आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया