२०८२ मंसिर २८ | Dec 14, 2025

बैंकिङ प्रणालीमा अधिक तरलता, आज बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७
|
867 views

काठमाडौं । वित्तिए प्रणालीमा अधिक तरताल थुप्रिएपछि राष्ट्र बैंकले आज बोलकबोल प्रक्रियामार्फत बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यो प्रक्रिया अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको म्यादका लागि केन्द्रीय बैंकमा निश्चित ब्याजदरमा रकम राख्ने व्यवस्था हुन्छ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । यस पटकको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव पेश गर्न सक्नेछन्। यो प्रक्रिया ब्याजदरमा आधारित हुनेछ, जसमा बहुब्याजदरमा समेत प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ।

संकलित निक्षेपको अवधि २१ दिनको हुनेछ र यसको साँवा तथा ब्याज जेठ ७ गते फिर्ता गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया