ललितपुर । वित्तीय प्रणालीमा सुधार आउन नसक्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ । यसको व्यवस्थापनका लागि विगत १ वर्षदेखि नेपाल राष्ट्र बैंकले धमाधम पैसा तान्दै आएको छ ।
तरलता व्यवस्थापनका लागि आज पनि नेपाल राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट ८० अर्ब रुपैयाँ तान्न लागेको हो । यसअघि जेठ ११ गते राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तानेको थियो । त्यसको ३ दिनपछि जेठ १७ गते अर्थात् आज पुनः ८० अर्ब रुपैयाँ तान्न लागेको हो ।
औसत २.९९ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुले रकम राष्ट्र बैंकमा निक्षेपमा राख्दै आएका छन्।