एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।क्यापिटलले यस योजना अन्तर्गत प्रति इकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ९ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।एनआईबिएल समृद्धि फण्ड २ एक बन्दमूखी योजना हो। यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। यस योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो पनि पढ्नुहोस ३० वर्ष पछि जलविद्युत कम्पनीहरुमा भएको सर्वसाधारणको शेयरको अवस्था के हुने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले अध्ययन सुरु गरेको छ। बोर्डको वार्षिक नीति तथा कार्यक्रममा रहेकोले उक्त विषयको अध्ययन सुरु गरिएको हो।३० वर्ष पछि जलविद्युत कम्पनीमा रहेको सर्वसाधारणको शेयरको अवस्था के हुने भन्ने विषय बहसमा रहेकोले बोर्डले सर्वसाधारणको शेयरको स्वामित्वको विषय आफ्नो भएकोले आफ्नै पहलमा उक्त अध्ययन गर्न लागेको हो।
बोर्डले राष्ट्रिय स्तरका विज्ञ र अन्तर्राष्ट्रिय स्तरको अभ्यासलाई उक्त अध्ययनमा समेट्ने छ। उसले तयार पारेको अध्ययन रिपोर्ट सरकारलाई बुझाउने बोर्डको भनाइ छ।बोर्डले उक्त विषयको अध्ययन गरी प्रतिवेदन बुझाउन व्यवस्थापनलाई जिम्मा दिएको छ। सोही जिम्मेवारी अनुसार व्यवस्थापनले उक्त विषयमा अध्ययन सुरु गरेको जाएको हो।