२०८२ मंसिर २१ | Dec 07, 2025

भक्तपुरमा जमेका झरिलाल, जसले बेच्छन् ६५००मै सुट पाइन्ट

BusinessPati बिजनेस पाटी
|
२०८० माघ १२
|
867 views

काठमाण्डौ १२ माघ २०८०।
भक्तपुर सुर्यबिनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले ६ हजार ५ सय रुपैयाँमै सुट पाइन्ट तयार गरेर विक्रि गर्न थालेपछि ग्राहकहरुको भिड लाग्न थालेको छ । भक्तपुरमा २ दशक भन्दा बढी समयदेखि ग्राहक सेवा दिँदै आएको ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकुन् भन्ने हिसावले सस्तो सुलभ दरमा सुट पेन्ट विक्रि गरिएको सञ्चालक झरिलाल खङगले बताए ।

उनले भने ‘ हामी ६ हजार ५ सय रुपैयाँमै सुट पाइन्ट, टाइ, सुटकभर ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौ’ । खङगले भने हामीले सस्तो मात्र होइन अरुले दिने भन्दा अब्बल दर्जाको गुणस्तरीय कपडा र सिलाई गरेका पनि छौ । गुणस्तरमा कुनै कम्प्रोमाइज हामी गर्दैनौं ।


आफुले धेरै सोचेर यो खालको अफर ग्राहक समक्ष ल्याएको उनले बताए । झरिलाल भन्छन् ‘हामीले दिएको दर र गुणस्तर एवं आधुनिक प्रविधिजनित सेवा सुविधा अरुले अहिलेसम्म दिएका छैनन् । नाफा भन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यस योजना ल्याएका हौ ।’
ओमशान्ति टेलरिङ सुट पेन्ट मात्रै नभएर दौरा सुरुवालको लागि पनि प्रसिद्धि कमाएको संस्था भएको खङगको भनाइ छ । ग्राहकहरुकै रोजाइ अनुसार दौरा सुरुवाल सिलाइने उनले बताए । त्यसका साथसाथै विवाह ब्रतबन्ध तथा स्कुल कलेजका सबैखाले लत्ता कपडाहरुको उत्कृष्ठ सिलाइ गरिने उनले बताए । एकपटक ओम शान्ति टेलरिङमा आएर सेवा लिएर हेर्न खङगको ग्राहक समक्ष अनुरोध छ ।

No photo description available.
No photo description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया