२०८२ फाल्गुन १ | Feb 13, 2026

भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ८
|
1.5k views

भक्तपुर  गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ । आइतबार भक्तपुरमा भक्तपुर साङ्गीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत सङ्गीत एकल साँझमा गुञ्जने बताउनुभयो । एक हजार दर्शक सहभागी हुने कार्यक्रममा श्रेष्ठले १६ वटा गीत प्रस्तुत गर्ने र भक्तपुर साङ्गीतिक समाजको तर्फबाट अन्य गायक गायिकाको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा भक्तपुरका मौलिक साँस्कृतिक पहिचान झल्किने सामग्री, विभिन्न उत्पादन एवं परिकारका स्टलसमेत राखिने अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वरिष्ठ गायक श्रेष्ठले सङ्गीतमा आधुनिकीकरण बढिरहेकाले आधुनिक गीत सङ्गीतको संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ गीतकार सुभासचन्द्र ढुङ्गेलले भक्तपुरमा पछिल्ला केही वर्षयता हुनथालेका आधुनिक गीत सङ्गीतको एकल गायन साँझ र यहाँका युवा पुस्ताले सुरु गरेको गीत सङ्गीतको अभियानले नयाँ ऊर्जा थपिएको बताउनुभयो । कार्यक्रमका संयोजक एवं समाजका सदस्य रोशन धौभडेलले संस्थाले यसअघि पनि अरुण थापा स्मृति साँझ, नारायणगोपाल स्मृति साँझ, दीपक खरेल साँझ, भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिसकेको उल्लेख गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया