भरतपुरमा रेनुले अग्रता बढाउँदै

काठमाडौं ३, जेठ २०७९ भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ६७८  मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार ४५२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २५५ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत प्राप्त गरेकी छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया