भरतपुरमा रेनु दाहाल ८० मतले अगाडि

काठमाडौं १ जेठ,२०७९।भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले  अग्रता कायम राखेकी छन् ।अहिलेसम्म ४८७७ मत गनिएको छ।

हालसम्मको गणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छन्।रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्।उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया