भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

काठमाडौं जेठ १०, २०७९

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादीकी रेनु दाहाल विजयी भएकी छन्।

नेकपा एमालेका बिजय सुबेदीलाइ साढे १२ हजार मतले पराजित गर्दै रेनु बिजयी बनेकी हुन्। मतगणना केहिबेर अघि सकिएको हो । रेनुले ५२ हजार  ३० मत ल्याइन । बिजयले ३९ हजार ५ सय ८१ मत पाए । 
रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन । बिजय एमाले- राप्रपाबिचको गठबन्धनका उम्मेदवार थिए

दोस्रोपटक भने रेनुले १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन । बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए । उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी बिजयी भए।  अधिकारीले २२ हजार ४ सयको अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरे । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन।

फेसबुकबाट तपाईको प्रतिक्रिया