भरतपुर महानगरपालिकामा रेनुको अग्रता बढ्यो

भरतपुर, ४ जेठ २०७९

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले २२६७ मतको अग्रता लिएकी छन्।

३२ हजार २ सय ९३ मत गणना गर्दा हालसम्म रेनुले ११ हजार ९ सय ६६ मत पाएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले ९६९९ मत पाएका छन्। यस्तै जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १४ हजार १ सय ६६ मत पाउँदा राप्रपाका हिमला गुरूङले ७ हजार ८७० मत पाएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया