२०८२ माघ ४ | Jan 18, 2026

भारतको उत्तराखण्डमा आएको बाढीमा १७ नेपाली परेको आशंका : उद्धारका लागि कूटनीतिक प्रयास भइरहेछ, प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २३
|
459 views

ललितपुर । रोजगारीका लागि भारत गएका १७ जना नेपाली भारतो उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका छन् । यसमध्ये जाजरकोटका १३ र धादिङका ४ जना रहेको आशंका गरिएको छ ।

उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहे पनि त्यसपश्चात् सम्पर्कविहीन भएको बताइएको छ ।
यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् । भारत उत्तराखण्डको साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको बताएका छन् ।

यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।ू

फेसबुकबाट तपाईको प्रतिक्रिया