Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सबै यात्रुको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

देहरादुन । भारतको उत्तराखण्डमा आज विहानै हेलिकप्टर दुर्घटना भएको छ।

भारतको देहरादुनबाट केदारनाथतर्फ उडेको हेलिकप्टर आज बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

उक्त हेलिकप्टरमा पाइलटसहित ७ जना यात्रु सवार भएको र सबैको मृत्यु भएको खबर छ। हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पनि टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

दुर्घटना बिहान करिव ५ः३० को समयमा भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उत्तराखण्का प्रहरी महानिरीक्षक राजिव स्वरूपले दुर्घटनाको पुष्टि गरर्का छन्। साथै उद्धार टोली पनि घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हेलिकप्टर दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन्। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।  जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्।

गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।

हेलिकप्टरमा सवार यात्रुहरूका बारेमा थप विवरण भने सार्वजनिक भएको छैन। एजेन्सी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया