२०८२ फाल्गुन ५ | Feb 17, 2026

भारतमा संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो , २४ घण्टामा २ लाख भन्दा बढी सङ्क्रमित

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख २
|
255 views

भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। 

भारतमा कोरोना भाइरस संक्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संंक्रमित हुनु बुधबार पहिलो पटक भएको छ। यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको थियो। कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । 

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी संक्रमित भएका हुन्। यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ। 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो। सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया