भेडागोठमा आगलागी,२५ पाठा जलेर मरे

खलंगा १९ असोज २०७८।

जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडागोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् । सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेको स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट लत्ताकपडा र भाँडकुँडा पनि जलेर नष्ट भएको उनले बताए ।चार हजार मिटर उचाइमा रहेको उक्त गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरेका छन् । RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया