|
|
२०८२ श्रावण १३
1.3k views
ललितपुर - डोल्पा । वर्षासँगै भेरी नदीमा आएको बाढी फसेका ४ जनाको सकुशल उद्धार गरिएको छ । बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा नदीमा ४ जना फसेका थिए ।
डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका चारैजनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको छ ।
यससँगै जल तथा मौसम विज्ञान विभागले ठुली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतह बढेकाले खतरा हुन सक्ने भन्दै तटीय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

बिजनेस पाटी