|
|
२०८२ कार्तिक १८
7.4k views
भैरहवा । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको क्यासिनोमा विवाद उत्पन्न भएपछि गोली चलेको छ । होटलको गेट अगाडि चलाइएको गोली लागेर होटलका सुरक्षागार्ड घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अझै पनि गोली चलाउने समूहमा रहेका तीन जना को पहिचान भने खुलेको छैन । गोली चलाएपछि फरारहरुको खोजी कार्य भएइरहेको छ ।
रुपन्देही प्रहरी प्रमुखका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया