ललितपुर। नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काटेपछि भैरहवामा सञ्चालित चार उद्योगले डेडिकेट तथा ट्रंक लाइनको महशुल तिरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका हुन्।
प्राधिकरणले लाइन काटिदिएपछि नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन्।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन्। सिलवालका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिसकिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक सिलवालका अनुसार ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुलको नियमअनुसारको पहिलो किस्ता बुझाइसकेका छन् ।
प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन्।
पछिल्लो समय कुलमान घिसिंङ गत भदौ ३०, २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा नियुक्त भएपछि नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पदनमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।
घिसिङ मन्त्री भएपछि पहिलो निर्णयले नै बाँकी रहेको बक्यौता उठाउने गरेका थिए । सोही अनुरुप उनले प्रधिकरणको कार्यकायरी निर्देशकमा सिलवाललाई नियुक्त गरेका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया