ललितपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम हुन जरुरी भएकाने बताएका छन् ।
कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न मात्रै भनेर मात्र नहुने त्यो देखिनु पर्ने बताए । प्रतिशोधको भावना लिएर मात्र हुँदैन भन्दै उनले अहिले प्रतिशोधको भावना देखिरहेको बताए ।
कोईरालाले चुनाव भएको साढे दुई वर्ष भइसक्दा समेत पनि ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व लिन नसकेको भन्दै पार्टी नेतृत्वमाथि पनि प्रश्न उठाए । उनले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै अराजकता कांग्रेसले मात्रै रोक्न सक्ने बताए । उनले सरकार र सत्ता बेग्लाबेग्लै कुरा भएको भन्दै सरकारमा भए पनि सत्ताको चाबी कांग्रेससँग नभएको बताए ।