ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबारको संसद् बैठक सामान्य नहुने बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
उनले संसद्को आगामी बैठक सामान्य नहुने बताए । रास्वपाले गृहमन्त्री रमेश लेखक विवादमा मुछिएको विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।
यस्तै बैठकले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।
एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् । त्यसैगरीे प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाह दिएको राजीनामा पनि स्वीकृत भएको छ ।
