२०८२ मंसिर २४ | Dec 10, 2025

मधेशका ७४ सांसदको हस्ताक्षर सहित दलहरु पुगे सर्वोच्च

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २५
|
969 views

जनकपुरधाम । मधेश प्रदेशका ७४ सांसदको हस्ताक्षर सहित सरकार गठनको विरुद्धमा रिट हाल्न दलहरु सर्वोच्च अदालत पुगेका छन् । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध हस्ताक्षरसहित दलहरु यसरी सर्वोच्च पुगेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च अदालत पुगेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरु सर्वोच्च पुगेका हुन् । उनीहरुको साथमा मधेश प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दिपेन्द्र झासमेत देखिएका छन् ।

मधेशमा आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एकाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सोमबार विहान दलहरुलाई छलेर बर्दिवासमो पानस होटलमा उनले मुख्यमन्त्रीलाई सपथ ग्रहण गराएपछि विवाद चर्किएको थियो ।

तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया