‘मधेशमा उत्तरप्रदेशमा बिजेपीको जस्तै परिणाम हामी प्राप्त गर्छाै’
युवराज कार्की,
वरिष्ठ उपाध्यक्ष , संघीय समाजवादी फोरम, नेपाल
१) मधेशी मोर्चा र त्यसमा पनि तपाइको आफनै पार्टी संघीय समाजवादी फोरम स्थानिय निर्वाचनमा भाग लिने सर्तहरु के हुन् ?
सिमाङकन बाहेक अरु विषयमा सहमती गर्ने जो प्रस्ताव सक्ताधारीले राखेका छन् त्यो सकारात्मक छ । तर प्रचण्ड यसैमा अडिन्छन् भन्ने ग्यारेन्टी छैन । सिमाङकनको विषयमा आयोग बनाउँदा संवैधानिक आयोग बनाउनु प¥यो । त्यस्तो आयोगले पनि प्रान्तहरु पmेरबदल गर्दा संविधानले नस्वीकार्ने प्रावधान छ । त्यस्तो प्रावधान पनि संशोधन गरिनुपर्छ । हाम्रो बटमलाईन जस्तो सवालमा स्थानीय तह प्रदेशको माताहातमा ल्याउने संवैधानिक व्यवस्था हुनुपर्छ भन्नेछ । यति भयो भने चुनावमा भाग लिने वातावरण बन्छ । यति पनि संशोधन हुदैन भने चुनाव हामी बहिस्कार होइन् शसक्त प्रतिरोध नै गर्दछौ ।
२) चुनावमा भाग लिने सम्भावना र सम्भावित परिणामकोे अपेक्षा कस्तो छ ?
हामीहरुमा आफना ऐजेण्डा थाती राख्दै न्युनतम संशोधन हुँदा पनि चुनावमा भाग लिने मनशाय हुनु चुनावको परिणामको आंकलनको आधार नै हो । मधेश क्षेत्रमा त उत्तरप्रदेशमा बिजेपीको जस्तै परिणाम हामी प्राप्त गर्दछौ । समग्र देशमा हाम्रो प्रर्फमेश सम्मानपुर्ण हुनेछ । समग्रमा हामी पहिलो या त दोश्रो पार्टी हुन्छौ ।
३) राप्रपाले ‘हिन्दु राष्ट्र र राजतन्त्र’ विधानमै राखेर निर्वाचन आयोगमा बुझाएपछिको जो मुद्धा बनेको छ । त्यसमा यहाँको पार्टीको धारणा के छ ?
हामीहरु प्रजातन्त्रमा विश्वास गर्दछौ । र, प्रजातन्त्र भनेकै विचारको स्वतन्त्रता हो । संविधानले सार्वभौमसक्ता जनतामा निहीत रहने कुरा र अखण्डता अपरिवर्तनीय भनेको छ । यस्तो अवस्थामा धर्म, राजनीतिक संरचना र गणतन्त्रमा राजतन्त्र जस्ता विषयमा पार्टीले अलग–अलग विचार राख्न पाउँदछ । त्यसैले निर्वाचन आयोगले यी मुद्धा हटाउन नपर्ने हो । हटाउँदाखेरी राप्रपाले आन्दोलन होइन् न्यायलय जानुपर्ने हो । निर्वाचन आयोगमा ढुङगामुढा गर्नु सरकारमा रहेको पार्टीको कर्तब्यको उल्लंघन हो । उनीहरु ज्ञापनपत्र दिन सक्छन् ।
४) तपाइको अध्यक्षले विरगञ्जमा पार्टीमा व्यापारीहरु भित्राउँदै मधेशको समस्या सामाधान नगरिए बन्दुक उठाउँछौ भनेका छन् नी ?
हाम्रो आन्दोलन प्रजातान्त्रिक मुल्ल्य तथा मान्यता र विश्वव्यापी स्थापित प्रक्रिया भित्रको हो । यसको अर्थ हामी शसस्त्र आन्दोलनमा विश्वास गर्दैनौ । हामी टेवलमा नै समस्या सामाधान गर्न चाहन्छौ । तर लगातार षडयन्त्रपुर्ण तरवरले जनताका जायज मागमा खेलवाड गरिन्छ र ठगिन्छ भने मात्रै जनताले हाम्रो आन्दोलनमा मुक्ति प्राप्त गर्ने विश्वास गुमाउँन पुग्दछन् । त्यस्तो अवस्थामा हामीले रोक्न चाहदा चाँहदै जनताले हतियार उठाउन सक्छन् । यसबाट हुने हानी रोक्न सरकार समयमा नै सचेत होस् भनी चेतावनी दिएको हो । त्यस्तो अवस्था सिर्जना भयो भने पनि हाम्रो पार्टी सशक्त आन्दोलनको पक्षमा रहन्न । हामी शान्तिपुर्ण आन्दोलन जारी नै राख्दछौ ।
प्रस्तुती सगिता सुवेदी
प्रकाशित मिति २०७३-१२-०९
फेसबुकबाट तपाईको प्रतिक्रिया